बुद्धजयन्ती मनाउन भारतका प्रम नरेन्द्र मोदी नेपाल आउने!

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने भएका छन् ।

भारतीय पत्रिका टेलिग्राफले कोलकत्ता डेटलाईनमा भारतीय जनता पार्टीको स्रोत उद्धृत गर्दै भारतीय प्रधानमन्त्री मोदी र विहारका मुख्यमन्त्री नीतिश कुमार बुद्ध जयन्तीमा सहभागी हुन आगामी मे २१ का दिन नेपाल आउन लागेको समाचार लेखेको छ । विहारका मुख्यमन्त्री नीतिशकुमार र मोदी नेपाल आउने चर्चा चलेसँगै यतिबेला नेपालमा त्यसको चौतर्फी बिरोध सुरु भइसकेको छ ।

नेपाली संचार माध्यममा आएका समाचारका मुनितिर मोदी विरोधी नारा लाग्न थालिसकेका छन् । फेसबुक र ट्वीटरमा मोदीविरुद्ध नेपालीहरु एक हुन थालिसकेका छन् । के यी सबका बीच मोदी साच्ची नेपाल आउलान् त ? मोदी नेपाल भ्रमणमा आएका बेला नेकपा-माओवादी सडक आन्दोलनमा उत्रने भएको छ । माओवादीले आज एक प्रेस विज्ञप्ति जारी गर्दे मोदी नेपाल भ्रमणमा रहेका बेला प्रर्दशनमा उत्रने जनाएको हो ।

माओवादीले आगामी साउन  १९ गते  अपरान्ह ४ बजे “शान्ति वाटिका” मा र त्यसको भोलिपल्ट अपरान्ह ४ बजे  नै सोही स्थानमा विरोध कार्यक्रम गर्ने जनाएको छ । मोदी आगामी साउन १८ गते नेपाल आउने संभावना छ ।

भारत सरकारका प्रधानमन्त्री मोदीको प्रस्तावित नेपाल भ्रमणकोनिमित्त भारतीय विदेशमन्त्री सुष्मा स्वराजको तयारी भ्रमणको सन्दर्भमा“गणतान्त्रिक भारत सरकार र नेपाल सरकारबीच उर्जा क्षेत्रमा सहयोगका लागि भएको सम्झौता”  शिर्षकमा भारत सरकारबाट पठाइएको प्रस्तावमा उल्लेखित नेपालको जल विद्युत आयोजनामा १०० प्रतिशत भारतीय लगानी वा भारतीय निकायहरुसँग संयुक्तरुपमा सम्पन्न गर्ने प्रस्तावलाई नेपाल सरकारले गोप्य राखी भित्रभित्रै संझौता गर्ने तयारी गरिरहेको अनुमान माओवादीको छ ।

 नेपालको जलश्रोतका साथै राष्ट्रिय स्वाधिनता माथिकोसमेत हस्तक्षेप भएको भन्दै माओवादीले विरोधका कार्यक्रम गर्न लागेको हो ।  नेपालमा लामो समय देखि विरोध हुँदै आएको माथिल्लो कर्णाली जलविद्युत आयोजना लगायतको डि पी ए सम्झौतामा पनि हस्ताक्षर गर्ने भित्री योजना रहेको  भन्दै माओवादी शंसकित छ ।

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

SHARE

About manita thapa

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment